दफा १६
विदेशी प्रकाशनको पैठारीमा नियन्त्रण
(१) देहायको उद्देश्य भएको वा त्यस्तो सम्भावित
परिणाम हुन सक्ने सामग्री भएको विदेशी प्रकाशनको पैठारीमा रोक लगाउने गरी नेपाल सरकारले
आदेश जारी गर्न सक्नेछः–
(क) राष्ट्रिय हित र मर्यादा विरुद्ध हुने कुराहरू गर्ने,
(ख) राष्ट्रको शान्ति, व्यवस्था र सुरक्षामा खलल पु¥याउने,सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०६२ द्वारा झिकिई केही नेपाल ऐनको ब्यवस्था जगाउने ऐन,
२०६३ द्वारा स्वत ः जागेको ।
(ग) विदेशी राज्य तथा सरकारसँगको सम्बन्धमा खलल पु¥याउने,
(घ) विभिन्न जातजाति, धर्म, वर्ग, क्षेत्र, सम्प्रदायका मानिसहरू बीच वैमनस्य
उत्पन्न गर्ने तथा साम्प्रदायिक दुर्भावना फैलाउने, र
(ङ) सर्वसाधारण जनताको सदाचार, नैतिकता र सामाजिक मर्यादामा आघात
पर्न जाने ।
(२) उपदफा (१) बमोजिम रोक लगाइएका प्रकाशन पैठारी हुन लागेको शंका लागेमा
सम्बन्धित भन्सार वा हुलाक अधिकृतले त्यस्तो माल वस्तु समेत रोकी शंका लागेको प्रकाशनको
दुई प्रति स्थानीय अधिकारीकहाँ चलानी साथ पठाई बाँकी आपूmकहाँ रोकी राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम भन्सार वा हुलाक हाकिमले पठाएको प्रकाशन प्राप्त भएपछि
स्थानीय अधिकारीले त्यस्तो प्रकाशन रोक्नु पर्ने कुनै कारण भएमा सो कारण समेत जनाई
पैठारीकर्तालाई सूचना दिनु पर्नेछ र रोक्नु पर्ने कुनै कारण नभए त्यस्तो प्रकाशन प्राप्त भएको बाह्र
घण्टाभित्र भन्सार वा हुलाक हाकिमले रोकी राखेको प्रकाशन पैठारीकर्तालाई फिर्ता बुझाउने
आदेश दिनु पर्नेछ ।
(४) नेपाल सरकारले आवश्यक देखेमा उपदफा (१) बमोजिम लगाइएको रोक जुनसुकै
बखत हटाउन सक्नेछ ।